सोमबार ०१ बैशाख, २०८२
Monday, April 14, 2025

लमजुङमा गएको भूकम्पले तनहुँमा घर भत्कियो

फाइल फोटो

दमौली : लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ । ५ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर विश्वकर्माको घरमा क्षति पुगेको हो । 

विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए । रासस