प्रेस युनियन कैलालीको अध्यक्षमा ओझा सर्वसम्मत

कैलाली- नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा सर्वसम्मत चयन भएका छन् । मंगलबार धनगढीमा भएको प्रेस युनियनको छैठौँ जिल्ला अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका हुन् ।
त्यस्तै, प्रेस युनियन कैलालीको उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सह सचिवमा रमा चन्द चयन भएका छन् ।
यसैगरी खुल्ला सदस्यहरूमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल र केशबसिँह धामी चयन भएका छन् भने महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना सावद र भगवती सनारा चयन भए ।
यस्तै आदिवासी जनजातिबाट जीवन चौधरी सदस्य चयन भएका छन् । सौरव राना मदेशीबाट र अल्पसंख्यकबाट विवेक नागरी सदस्य चयन भएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया