‘मौन अवधि’ उल्लंघन गर्ने ओलीमाथि होला त कारबाही ?

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन ‘मौन अवधि’ उल्लंघन गरी राष्ट्रिय सभा सदस्य रामबहादुर थापाका निम्ति मतदान गर्न आह्वान गरेका छन् । बागमती प्रदेश राष्ट्रिय सदस्य निर्वाचत निम्ति आयोगले जेठ ३ गते राति १२ बजेदेखि ‘मौन अवधि’ घोषण गरेको थियो । तर प्रधानमन्त्री ओलीले ‘मौन अवधि’ जारी रहेकै बखत आज ‘निर्वाचनमा पार्टीका उम्मेद्बार रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान’ गरेका हुन् ।
माओवादी केन्द्रले दल त्याग अभियोगको रामबहादुर थापालाई सांसद पदबाट हटाएपछि भोलि हेटौँडामा उपनिर्वाचन हुँदैछ । माओवादीबाट एमाले प्रवेश गरेका गृहमन्त्री थापालाई नै उम्मेदवार बनाएको हो ।
मौन अवधिबारे निर्वाचन आयोगको विज्ञप्ति
उता आयोगले ३ गतेकै मध्यरातबाट ‘मौन अवधिमा निर्वाचन प्रचार-प्रसार गर्न र मत माग्न नहुने’ सार्वजनिक गरिसकेको थियो । आयोगले भनेको थियो, ‘मौन अवधिमा एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचार-प्रसार गर्न नहुने, उम्मेद्वार वा राजनीतिक दलको प्रचार-प्रसार हुने गरी कुनै पनि समाचार वा सूचना प्रकाशन वा प्रसारण नहुने ।’ हिजो मौन अवधिमै राष्ट्रिय सभा सदस्य उम्मेद्वार थापा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कहाँ पनि मत माग्न गएका थिए ।
'जेठ ६ गते वागमती प्रदेशबाट प॒तिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ' ओलीद्वारा जारी अपिलमा भनिएको छ 'तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफूनो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।'
'अग्रजहरूले अत्यन्त कष्टका साथ जन्माएको, हुर्काएको र जनताको माया एवम् विश्वासका जगमा यस बिन्दुसम्म आइपुगेको पार्टीलाई विभिन्न समयमा विभिन्न कोणहरूबाट कमजोर पार्ने प्रयासहरू पनि हुँदै आएका छन् । ती सबै प्रयासलाई चिर्दै पार्टी यहाँसम्म आइपुगेको छ' अपिलमा लेखिएको छ 'अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो । पार्टीको आधिकारिक उम्मेद्वारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन् ।'
ओलीको अपिल

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_TISTwyYqaZ_9u3chgy303gmg2qlt273bqx2dv5zkmijgbjtgxvhnnealbkrg1qo94nerztf.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

प्रतिक्रिया