विद्युत् प्राधिकरणका तीनवटै युनियन विरोधमा

काठमाडौं : ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणको विद्युत् व्यापार प्रधानमन्त्री केपी ओली निकट विशाल ग्रुपलाई दिने गरी प्रक्रिया अगाडि बढाएपछि प्राधिकरणका तीनवटै क्रियाशील कर्मचारी ट्रेड युनियहरूले विरोध गरेका छन् । आज (बुधबार) तीनवटै ट्रेड युनियनहरूले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र दिंदै प्रक्रिया अघि बढाइएमा कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
प्राधिकरणको कर्मचारी कल्याण परिषद्, कर्मचारी संघ र राष्ट्रिय कर्मचारी युनियनले प्राधिकरणलाई विशाल ग्रुपको अधीनस्थ हुने गरी सहभागी नहुन/नगराउन जोडदार माग गरेका छन् । परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य, संघका अध्यक्ष जनार्दन भट्टराई र युनियनका संयोजक रामेश्वरप्रसाद पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरी दिइएको उक्त ध्यानाकर्षण पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्री र प्राधिकरणका सञ्चालकहरूलाई पनि दिइएको छ ।
ध्यानाकर्षण पत्रमा प्राधिकरणको ‘कर्पोरेट डेभलपमेन्ट प्लान’ (संस्थागत विकास योजना) सञ्चालक समितिबाट पारित भइसकेको र आफ्नै सहायक कम्पनीको रूपमा ‘नेपाल विद्युत् व्यापार कम्पनी’ गठन गरिसकेको अवस्थामा त्यसलाई क्रियाशील गराउनुपर्नेमा प्राधिकरणको नगण्य सहभागिता रहने गरी विद्युत् व्यापार गर्न निजी क्षेत्र हावी हुने गरी स्थापना हुने कम्पनीमार्फत अघि बढाउँदा समग्र ऊर्जा क्षेत्रलाई थप अनिश्चिततार्फ धकेल्ने उल्लेख छ ।
ऊर्जा मन्त्रालयले विशाल ग्रुपको अगुवाइमा स्थापित नेपाल इन्फ्रास्ट्रक्सर बैंकले प्रस्ताव गरेको विद्युत् व्यापार कम्पनी स्थापना र कारोबार गर्न अनुमति दिनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेको समाचार इकागजले मंगलबार प्रकाशन गरेको थियो ।
यो पनि
-प्राधिकरणको विद्युत् व्यापार खोसेर विशाल ग्रुपलाई
-प्राधिकरणका कर्मचारीले आन्दोलन गर्ने
-विद्युत् प्राधिकरण निजीलाई लुटाउने काम बन्द गर

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_AoZ9CFqc9a_kac7wcqlkkzxgl42ncqr3cfxsfq96cvo0dcu7xypovbshyilgtkypnnsr6yt.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

प्रतिक्रिया