बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

२८ प्रतिशतले गर्छन् आफूखुसी एन्टिमाइक्रोवियल औषधिको प्रयोग

फाइल फोटो

काठमाडौँ - नेपालमा जैविक प्रतिरोध (एन्टिमाइक्रोवियल) औषधि खानेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाहबिना नै एन्टिमाइक्रोवियल औषधि खानेको सङ्ख्या बढ्दै गएको अध्ययनले देखाएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज सार्वजनिक गरेको ‘नेपालमा एन्टिमाइक्रोवियल औषधिको प्रयोगको अवस्था’बारे गरिएको अध्ययनअनुसार नेपालमा ७० प्रतिशत मानिसले कडा खालको एन्टिमाइक्रोवियल औषधि सेवन गर्ने गरेको पाइएको अध्ययनमा संलग्न तथा त्रिभुनव विश्वविद्यालय (त्रिवि)का माइक्रोवायोलोजी केन्द्रीय विभागका सहप्राध्यापक डा मेघराज बन्जाराले जानकारी दिए । 

विश्वमा एक सय ८० एन्टिमाइक्रोवियललाई विभिन्न तीन समूहमा विभाजन गरिएको छ । उनले विश्व स्वास्थ्य सङ्गठनले कम मात्रामा कडा खालका एन्टिमाइक्रोवियल औषधि प्रयोग गर्ने भनेता पनि नेपालमा यसको प्रयोग बढिरहेको बताए । उनले एन्टिमाइक्रोवियल औषधिको प्रयोग नेपालमा चाहिनेभन्दा बढी प्रयोग भइरहेको बताए । 

डा बन्जाराले नचाहिने व्यक्तिलाई पनि प्रयोग गर्ने, चाहिनेभन्दा बढी प्रयोग भइरहेकाले एन्टिमाइक्रोवियलको दुरुपयोग भएको बताए । उनका अनुसार चिकित्सकले पनि बिरामीलाई सही सिफारिस नगर्ने, सर्वसाधारणले पनि प्रिस्क्रिप्सन (बिरामी पुर्जा)बिना नै एन्टिमाइक्रोवियल प्रयोग गर्ने बढेको पाइएको छ । 

“जुन जीवाणुलाई मार्नका लागि हामीले एन्टिमाइक्रोवियल प्रयोग गर्दछौँ, तिनीहरू प्रयोग गरिररहेका एन्टिमाइक्रोवियलबाट नमर्ने अवस्था रहेको छ”, उनले भने, “छत्तीस वर्षदेखि नयाँ एन्टिमाइक्रोवियल बनेको छैन । जति मात्रामा एन्टिमाइक्रोवियल चाहिने हो, त्यति नै प्रयोग गर्नुपर्दछ । त्यसो गर्दा एन्टिमाइक्रोवियललाई पछि लामोसम्म उपचारका लागि प्रयोगमा ल्याउन सकिन्छ ।” उनका अनुसार सन् १९८७ मा एन्टिमाइक्रोवियल बनेपछि नयाँ आएको छैन । 

चिकित्सकले पनि कुन एन्टिमाइक्रोवियलले काम गर्छ वा गर्दैन भनेर परीक्षण नगरी दिने गरेको पाइएको डा बन्जाराको भनाइ थियो । अठ्ठाइस प्रतिशत सर्वसाधारणले चिकित्सकको सिफारिसबिना नै एन्टिवायोटिक किनेर खाने गरेको अध्ययनले देखाएको छ । बाइस प्रतिशतले एन्टिमाइक्रोवियल पूरा मात्रा खाँदैनन् । 

एजिथ्रोमाइसिन २४ प्रतिशत, एमोक्सिसिलिन २० प्रतिशत, सेफिक्सिम १४ प्रतिशत, सिप्रोफ्लोक्सासिन १४ दशमलव एक प्रतिशत र मेट्रोनिडाजोल नौ प्रतिशत चिकित्सकको सिफारिस (प्रिस्क्रिप्सन)बिनै आफूखुसी किनेर खाने गरेको पाइएको हो । 

यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको भन्दा बढीले एन्टिमाइक्रोवियल औषधि प्रयोग गर्ने गरेको अध्ययनले देखाएको डा बन्जाराले बताए । “डब्लुएचओले २० देखि २६ दशमलव आठ प्रतिशत भर्ना नभएका बिरामीलाई एन्टिमाइक्रोवियल औषधि खानका लागि सिफारिस गर्नुपर्दछ भनेर उल्लेख गरिएको छ । तर नेपालमा भने ३७ दशमलव आठ प्रतिशतले यसको प्रयोग गरिरहेका छन्”, उनले भने । 

सरकारले चिकित्सकले बिरामीलाई औषधिको वैज्ञानिक (जेनेरिक) नाम लेख्न भनेता पनि प्रेसक्रिप्सन (बिरामी पर्चा) मा १५ दशमलव चार प्रतिशत चिकित्सकले मात्र औषधिको जेनेरिक नाम लेख्ने गरेको अध्ययनले देखाएको छ । अध्ययनमा ३२ प्रतिशत चिकित्सकलाई एन्टिमाइक्रोवियल औषधि प्रयोगशालामा परीक्षण गराएर बिरामीलाई सिफारिस गर्नुपर्दछ भन्ने थाहा रहेको छ । तर ५० प्रतिशतले मात्र परीक्षण गरेर बिरामीलाई सिफारिस गर्ने गरेको पाइएको छ ।

अठार प्रतिशत चिकित्सकसँग मात्र एन्टिमाइक्रोवियल औषधि प्रयोग गर्नका लागि प्रयोगाशाला पहुँच रहेको छ । नेपालमा कोलस्टिन भन्ने एन्टिमाइक्रोवियललाई प्रतिबन्ध लगाए पनि कुखुरामा प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । प्रतिबन्धित उक्त औषधि लुकीछिपी दुई प्रतिशत कुखुरामा प्रयोग गर्ने गरेको उनले बताए । 

अध्ययनमा ४० प्रतिशत औषधि पसल अनुमतिपत्र लिएर, ४८ प्रतिशत औषधि पसल अरुको नाममा सञ्चालन र चार प्रतिशत दर्ता नभएर सञ्चालन भएको पाइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले एन्टिमाइक्रोवियल औषधिको प्रयोगलाई घटाउनुपर्ने बताए । उनले अध्ययनले देखाएअनुसार सरकारले एन्टिवायोटिक कम प्रयोग गर्नतर्फ चिकित्सक र सर्वसाधारणलाई सचेत गराउने बताए । 

अध्ययन सार्वजनिक कार्यक्रममा परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले एन्टिमाइक्रोवियल औषधि बढी प्रयोग भइरहेको बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले चिकित्सकले बिरामीलाई जे पायो त्यही औषधि लेख्न नपाउने बताए । उनले अनुमतिपत्र नलिएर सञ्चालित पसलको अनुमगन गरिने बताए । रासस

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल