संसद्मा प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन एमालेलाई राष्ट्रिय सभा अध्यक्षको आग्रह

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ । गत बुधबार बिहीबार र शुक्रबार तीनदिनकै राष्ट्रिय सभा बैठक एमालेले अवरुद्ध गरेको छ ।
गत १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली धाएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे पनि एमाले सांसदहरु उठेर विरोध जनाइरहेपछि बैठक स्थगित गर्नुपरेको छ ।
बिहीबार र शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन एमालेलाई आग्रह गरेका छन् ।
शुक्रबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरे । यसपछि अध्यक्ष तिमिल्सनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिए । एमाले सांसद घिमिरेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद चल्न नसक्ने जानकारी गराइन् ।
यसपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले एमालेले गरेको प्रश्नको प्रधानमन्त्रीले दिने वातावरण बनाउन आग्रह गरे । तर, एमाले सांसदहरुले मानेनन् । उनीहरुले उठेर बैठक अवरुद्ध गरिरहे । यसपछि अध्यक्ष तिमिल्सिनाले आइतबार बिहान ११बजेर ३१ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया