बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

धनगढी उपमहानगरद्वारा नगर प्रहरीलाई खोज तथा उद्धार तालिम

कैलाली- धनगढी उपमहानगरपालिकाले विपतका बेला खटिन नगर प्रहरीलाई खोज तथा उद्धार तालिम दिएको छ ।

उपमहानगरले सशस्त्र प्रहरीसँगको समन्वयमा बर्खायाममा हुने डुबानजन्य विपतका बेला खटिनका लागि २५ जना नगर प्रहरीलाई तालिम दिइएको उपमहानगरपालिकाले जनाएको छ।

डुबानका बेला प्रभावितको उद्धारमा खटिन सहज होस् भनेर नगर प्रहरीलाई तालिम दिइएको उपमहानगरका वातावरण तथा विपत व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले बताए । 

सशस्त्र प्रहरीले बाढीमा डुबेकाहरूको डोरी, डुंगा र लाइफ ज्याकेटको मद्दतले कसरी उद्धार गर्नेलगायत विषयमा नगर प्रहरीलाई तालिम दिएको थियो । तालिमका लागि गोदावरी नगरपालिका-२ स्थित तालितालमा चार दिनसम्म खोज तथा उद्धार तालिम सञ्चालन गरिएको उपमहानगरले जानकारी दिएको छ ।