गण्डकीमा मन्त्रीहरूको शपमा सभामुख र विपक्षी दलका नेता अनुपस्थित

इकागज : पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथमा सभामुख नेत्रनाथ अधिकारी अनुपस्थित बनेका छन् । सामान्यतः मन्त्रीहरूको शपथमा सभामुख, विपक्षी दलको नेता उपस्थिति हुने परम्परा छ । तर गण्डकी प्रदेशमा दोस्रो पटक मन्त्रालय विस्तारमा भने सभामुख र विपक्षी दलका नेताले अनुपस्थित भएका हुन् ।
केन्द्रमा पनि अग्नि सापकोटाले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा शपथ कार्यक्रममा उपस्थित हुँदैनन् । सापकोटाकै सिको गर्दै सभामुख अधिकारीले पनि गण्डकीमा मन्त्रीहरूको शपथको कार्यक्रममा नआएका हुन् । यसअघि पहिलो सरकारका बेला मन्त्री बनेका दिपक मनाङेको शपथमा पनि उनी आएका थिएनन् । तर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुँदा भने उनी शपथमा पुगेका थिए ।
सभामुख अधिकारीलाई सत्तारुढ एमाले सांसदहरूले पार्टी कार्यकर्ताको भूमिकामा बसेर काम गरेको आरोप लगाउँदै आएका छन् । यसअघि प्रदेश सभामा पेस भएको अविश्वास प्रस्तावमा मतदान हुने दिन विपक्षी सांसद अनुपस्थित हुँदा सभामुखले हठातमा बैठक स्थगित गरेपछि मुख्यमन्त्री स्वयंले पनि राजीनामा मागिनुपर्ने बताएका थिए ।
एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी सभामुखले संविधान अनुसार चल्नुपर्ने र पार्टी कार्यकर्ता बन्न नहुने बताउँछन् । सभामुख भइसकेपछि पार्टीको निर्देशनभन्दा पनि संविधानले दिने बाटो अनुसार सभामुख चल्नुपर्ने उनले बताए । ‘केन्द्रमा पनि सभामुखले पार्टीको निर्देशन मानेर नजानु भएको होला, यहाँ पनि पार्टीकै निर्देशनमा नजानु भएको होला,’ अधिकारीले भने, ‘सभामुख भइसकेपछि त संविधान मान्नुपर्यो नि, पार्टीको निर्देशन होइन ।’
आज गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले पहिलाको सरकारमा एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्याएका छन् । यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन: (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, पर्यटन वन तथा वातावरण) नै मुख्यमन्त्रीले निरन्तरता दिएका छन् । स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङे पनि युवा तथा खेलकुद मन्त्रीमा दोहोरिएका छन् ।
अहिले किरण गुरुङलाई अर्थ मन्त्रालय र मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मा दिइएको छ । बाँकी मन्त्री भने अहिलेलाई विना विभागिय मन्त्री तोकिएको र उनीहरूको जिम्मेवारी केही दिनमा टुङ्गो लगाइने मुख्यमन्त्री स्रोतले बतायो ।
सरकारका प्रवक्तामा रामशरण बस्नेत नियुक्त भएका छन् । पहिलो मन्त्रीपरिषद् बैठकबाट बस्नेत प्रवक्ता चुनिएका हुन् । यस्तै गुरुङले राजनीतिक सल्लाहकार हेरफेर गरेका छन् । उनले उक्त पदमा लमजुङ सुन्दरबजारका डा.भीष्म अधिकारीलाई नियुक्त गरेका छन् । अधिकारीको नियुक्तिसँगै यसअघिका सल्लाहकार गोविन्दबहादुर नेपाली पदमुक्त भएका छन् । सल्लाहकार अधिकारी संविधान सभा सदस्य हुन् । नेपाली नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव छन् ।

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा तिवारी
_LWu4ptiVKj_pauqh44cefajkmvce8yrjuzckcq0tsn78z6nkdkehaleobyjgbhp7ms5rzan_murgrS1pTF_iaqyminplsn8oy5p6c33zacvkqft09oxm4bpefktdknxnxxnu7xnulo83cmh.jpg)
पालिकास्तरीय अस्पताल भवन अलपत्र

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

प्रतिक्रिया