शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सत्ता पक्षका सांसदको प्रश्न : तीन जिल्लाको बजेट सच्चिएर आयो कि आएन ?

काठमाडौँ- राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गरेकी छन् ।​

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । उनले तीन जिल्ल्लामा गएको बजेट सच्चिएर नआएसम्म आगामी आर्थिक वर्षको बजेट सन्तुलित नहुने बताइन् । उनले अहिलेको बजेट आशावादी बजेट नरहेको र आवश्यकता अनुसार नआएको दाबी गरिन् । उनले अहिलेको बजेट निर्वाचन क्षेत्र केन्द्रित रहेको र अर्को पटक आफैँलाई चुनाव जित्ने र मन्त्री बन्ने दाउमा मात्रै आएकाले बजेटबाट आशा गर्न नसकिने बताइन् ।

राष्ट्रिय सभा सदस्य राईले जनताको अवस्था सरकार, नागरिक, किसान वा विदेशी कसले सोध्ने हो भन्दै प्रश्न गरिन् ।