बर्नलीलाई हराउँदै लिभरपुल चौथो स्थानमा
काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराएको छ । बुधबार राती भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-० गोलले हराएको हो । लिभरपुललाई जिताउन रोबर्टो फिर्मिन्हो, नाट फिलिप्स्, अलेक्स अक्स्ले चेम्बरलेनले गोल गरे ।
जितसँगै लिभरपुल ३७ खेलबाट ६६ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । समान अंक भएपनि लेस्टर सिटी गोल अन्तरका आधारमा पाँचौ स्थानमा छ ।
६७ अंक जोडेको चेल्सी भने तेस्रो स्थानमा छ । हार व्यहोरेको बर्नली भने रेलिगेसन जोनभन्दा एक स्थान माथि छ । अब अन्तिम खेलमा जित निकाले लिभरपुल अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछ ।

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

प्रतिक्रिया