नेपाल विश्वविद्यालय अगाडि बढ्नेमा शंका छ : सांसद पन्त
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडि बढ्नेमा आशंका व्यक्त गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गरे ।
उनले त्रिभुवन विश्वविद्यालय नै राम्ररी चल्न नसकेको भन्दै नेपाल विश्वविद्यालय कति अगाडि बढ्ला भन्नेमा शंका गर्ने ठाउँ रहेको उल्लेख गरे । लिबरल आर्ट पढाउनु जरुरी रहेको उनको भनाइ छ ।
‘यसमा सरकारलाई आर्थिक दायित्व नपर्ने र लिबरल आर्टलाई अलि नयाँ ढंगले पढाउँछौँ भनेर आउनुभएको छ भने लिबरल आर्ट जरुरी छ । किन भने अहिले लिबरल आर्ट भनेको डाक्टर, इन्जिनियर र वैज्ञानिकलाई पनि आर्ट पढाउनुपर्छ । आर्टको केही पक्ष पढाउनुपर्छ । किन भने डाक्टर, इन्जिनियर मेनपावर भनेको पनि रोबर्ट जस्तो होइन । मानवीय हुनुपर्छ । मानवीय बनाउने विषय लिबरल आर्ट हो,’ उनले भने, ‘त्यसैले, लिबरल आर्टसँग सम्बन्धित राम्रा कलेजहरू चाहिन्छ । तर, टियु नै यस विषयमा राम्ररी चल्न नसकेको, टियुसँग सम्बन्धन प्राप्त कलेजहरू नै राम्ररी अगाडी बढ्न नसकेको अवस्थामा यो विश्वविद्यालय कति अगाडि बढ्ला अलिकति शंका गर्ने ठाउँ छ ।’
उनले लिबरल आर्टसम्बन्धी कलेजहरूको आवश्यकता रहेको उल्लेख गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया