दाहालसँगकै वैमनस्यताले ओलीले भरतपुरलाई स्मार्ट सिटी आयोजनामा नपारेका हुन् त ?
भरतपुर होइन भक्तपुर (गुण्डु) स्मार्ट सिटी आयोजनामा समावेश

काठमाडौँ : सरकारले स्मार्ट सिटी सम्बन्धी बहुवर्षीय आयोजना स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले दोस्रो पटक पदभार सम्हाल्दै आज एघार वटा स्मार्ट सिटीको बहुववर्षीय आयोजना स्वीकृत गरेका हुन् ।
एघार वटा स्मार्ट सिटीहरूमा चितवनको भरतपुर भने समावेश छैन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख २७ गते संसदमा बोल्दै उनको निर्वाचन क्षेत्र भएकै कारण भरतपुरलाई स्मार्ट सिटी आयोजनामा समावेश गर्ने सूचीबाट प्रधानमन्त्री ओलीले प्रतिशोध स्वरुप हटाएको बताएका थिए ।
दाहाललाई जवाफ दिदैं ओलीले भने आफू देशै बनाउने अभियानमा हिंडेकाले कसको निर्वाचन क्षेत्र स्मार्ट सिटीमा पर्यो वा परेन भन्ने सवाल गौण रहेको उल्लेख गरेका थिए । तर प्रधानमन्त्री ओली निकट युवा नेता महेश बस्नेतको निर्वाचन क्षेत्र भक्तपुरको गुन्डुलाई भने उपत्यका विकास प्राधिकरण अन्तर्गत स्मार्ट सिटी बनाउन लागिएको छ । यसबाहेक देशभर अन्य ११ वटा समार्ट सहर सहर विकास आयोजना अन्तर्गत निर्माण गर्न लागिएको हो ।
स्मार्ट सिटीसम्बन्धी बहुवर्षीय आयोजनामा प्रदेश १ को धनकुटा र गौरीगञ्ज, प्रदेश २ को रौतहट जिल्लाको मौलापुर र चन्द्रपुर, बागमती प्रदेशको काभ्रेको काभ्रे भ्याली र भक्तपुरको गुन्डुलाई स्मार्ट सिटी निर्माण गरिने भएको छ ।
त्यसैगरी गण्डकी प्रदेशको वालिङ, लुम्बिनीको लुम्बिनी र तुलसीपुर, कर्णालीको दुल्लु तथा सुदूरपश्चिमको भीमदत्त र अमरगढी नामका स्मार्ट सिटी निर्माण गरिने भएको हो । बाह्रवटा स्मार्ट सिटीहरूमध्ये ११ वटा नयाँ सहर विकास आयोजनाअन्तर्गत तथा भक्तपुरको गुन्डुलाई उपत्यका विकास प्राधिकरणअन्तर्गत स्मार्ट सिटी निर्माण गर्न लागिएको हो ।

नेपाल–इटाली व्यापार सम्बन्ध सुदृढ गर्न वाणिज्य संघको पहल, मानार्थ वाणिज्यदूत पा…

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

प्रतिक्रिया