चोरीको समाचार आए पछि ओएसआरले युट्युबबाट हटायो ‘मनबार’

काठमाडौं : हिन्दी फिल्मबाट हुबहु नक्कल गरेको कुरा बाहिरिएपछि ओएसआरले आफूले निर्माण गरेको ‘मनबार’ युट्यबुबाट हटाएको छ । यो फिल्म हिन्दी सर्ट फिल्म ‘नामर्द’बाट चोरेको चौतर्फी समाचार आएको थियो ।
समाचार आएसँगै अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा स्ट्याटस लेख्दै आफूबाट गल्ती भएको र यसको दोस्रो भागमा आफूले अभिनय नगर्ने बताएकी थिइन् ।
केही महिना पहिलै नै सार्वजनिक भए पनि यो फिल्म चोरिएको कुरा हालसालै मात्र सतहमा आएको थियो ।
जीवन शाहीले निर्देशन गरेको यो फिल्ममा ओएसआरकै साझेदार रुपेन्द्र खड्गीले लेखकको नाम राखेका थिए । आफ्नो स्वामित्व रहेका फिल्म पाइरेसी भएको भन्दै प्रहरीमा हारगुहार गरिरहेको ओएसआरले आफैंले फिल्म निर्माण गर्दा भने चोरेपछि कम्पनीमाथि नैतिक संकट उत्पन्न भएको थियो ।
र यो पनि
आफू खेलेको हिन्दी फिल्म हुबहु नक्कल भएको भेटिएपछि सुरक्षाले स्वीकारिन् गल्ती

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

प्रतिक्रिया