मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

एमाले स्थायी समिति बैठक बालुवाटारमा जारी

काठमाडौँ : सत्तारुढ एमाले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहको स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल भइरहेको एक नेताले बताए । 

एमाले पार्टी भित्रको विवाद समाधान गर्न ओली र वरिष्ठ नेता माधव नेपाल समूहले कार्यदल गठन गरे पनि कार्यदल गठन गरेका छन् । तर, बैठक एक पटक मात्रै बसेको छ । बुधबार साँझ बस्‍ने भनिएको कार्यदल बैठक अन्तिम अवस्थामा आएर स्थगित गरिएको थियो । 

कार्यदल बैठक आज ५ बजे बोलाइएको छ। तर, विवाद समाधान हुने सम्भावना न्यून रहेको नेताहरू बताउँछन् । बैठकमा प्रधानमन्त्री ओली पक्षका नेताहरू मात्रै सहभागी छन् । बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे पनि छलफल हुने बताइएको छ ।