सरकारद्वारा देशभरका औषधि पसलहरूको अनुगमन सुरु

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधि पसलमा अनुगमन गरेको छ ।
मन्त्रालयले काठमाडौँ उपत्यका लगायत देशभरका औषधि पसलमा एकसाथ अनुगमन गरेको हो । काठमाडौँमा रहेका केही औषधि पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्केका थिए । सो क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधिहरू राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधिहरू पनि राखिएको भेटिएको छ ।
नमुना प्रति औषधि र म्याद गुज्रिएका औषधि भेटिएपछि ललितपुरमा एक औषधि पसललाई कारबाही समेत गरिएको छ । मन्त्री बस्नेतले औषधि पसललाई व्यवस्थित गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिए ।
उनले अनुगमनपछि आएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाउने भन्दै निरन्तर अनुगमन जारी रहने बताए ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया