शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाइल तस्बिर

काठमाडौँ- आज प्रतिनिधिसभा बैठक बस्दैछ । 

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संसद्‌मा पेश हुनेछ भने शिक्षा, विज्ञान तथा प्रबिद्यी मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई छलफलका लागि सबन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।