शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौँ–सत्ताधारी दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । 

अहिलेको अर्थमन्त्री र गृहमन्त्रीले यो अनुसन्धानमा उहाँहरुले भन्न सक्नुपथ्र्यो हामीले भरिया मात्रै होइन मुख्य दोषी सुनको मालिकलाई हामीले पक्राउ ग¥यौँ भन्नुपथ्र्यो,’ उनले भने, ‘अथवा उहाँहरूले समय लिने हो भने ३ दिन, ५ दिन वा ७ दिन कति समय लिने हो त्यो समय लिएर हामी यसको मुख्य नाइके पक्राउन ग¥यौँ भन्न सक्नुपर्छ । होइन भने उहाँहरूले यो अनुसन्धान प्रक्रियालाई सहज बनाउनका लागि अहिलेलाई कमसेकम मुख्य सुनको मालिक पत्ता नलागुन्जेल  सम्मलाई राजिनामा गरेर प्रजातान्त्रिक पद्धतिको अभ्यासलाई कदर गर्नुपर्छ ।’

शर्माले यस विषयलाई सामान्य रूपमा लिइनु नहुने समेत बताए । यस भन्दा अगाडि एमाले पनि सुन काण्डको अनुसन्धानको विषयमा आवज उठाएका थिए ।