अब्दुल खानको प्रश्न–विदेशबाट कामदारको शव ल्याउन नसक्ने भए त्यस्ता देशमा राजदूत किन राख्ने ?
काठमाडौँ–जनमत पार्टीका सांसद अब्दुल खानले विदेशमा मृत्यु भएका नेपाली कामदारको शव ल्याउन नसक्ने भए त्यस्ता देशमा राजदूतावास र राजदूत किन राख्ने भनि प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खानले सरकारलाई यस्तो प्रश्न गरेका हुन् । ‘विभिन्न कारण बस् वैदेशिक रोजगारमा जाने नेपाली कामदारको मृत्यु हुन्छ,’ उनले भने, ‘मृत्यु भइसके पछि उहाँहरूको शवसमेत हाम्रो देशको सरकारले ल्याउन सक्दैन । यस्तो अवस्थामा हामीले राजदूतावास र राजदूतहरू किन राख्ने ?’
आफ्ना कामदारको शव विदेशबाट ल्याउन नसक्ने सरकारलाई रेमिट्यान्स् उठाउने पनि अधिकार नरहेको उनले बताए । ‘जुन सरकारले शव ल्याउन सक्दैन विदेशबाट त्यो सरकारलाई रेमिट्यान्स उठाउने कुनै पनि अधिकार छैन,’ उनले भने ।
उनले जोर्डन, साउदी अरबिया लगायतका देशमा विभिन्न कामदारको शव नल्याएको विषय पनि संसद्मा उठाएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया