बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

पुन: जालझेल गर्ने दुष्प्रयास गरे प्रतिवाद गर्नुपर्छ: डा. बाबुराम भट्टराई

काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय समाजवादी अध्‍यक्ष डा. बाबुराम भट्टराईले १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्तिनिम्ति गरेको प्रस्तावलाई कुनै किन्तु/परन्तु/जालझेल गरी टार्ने ठाउॅ नभएको बताएका छन् । हस्‍ताक्षर १४९ सांसदहरूको हस्‍ताक्षरसहित शीतल निवास पुगेका डा. बाबुराम भट्टराईले पुन:जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी/प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

'धारा७६(२)वमोजिम१४९सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्तिनिम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु/जालझेल गरी टार्ने ठाउॅ छैन,' सामाजिक सञ्‍जाल ट्वीटरमा उनले लेखेका छन्, 'खुराफात शिरोमणिहरूले पुन:जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी/प्रतिवाद गर्नुपर्छ है ।'