बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

'हस्ताक्षरसहितको दाबीले मात्रै मान्यता पाउँछ, अन्यथा 'हेड काउन्ट' गर्नुपर्छ'

फाइल तस्‍बिर

काठमाडौँ: स‌ंविधानिवद् पूर्णमान शाक्‍यले जसले हस्‍ताक्षरसहित दाबी प्रस्‍तुत गर्‍यो उसैको आधिकारिक हुने बताएका छन्। यदि दुबै पक्षले हस्‍ताक्षसहित दाबी प्रस्‍तुत गरेको खण्‍डमा भने राष्‍ट्रपति कार्यालयले 'हेड काउन्‍ट' नै गर्नुपर्ने बताए । ‘दुवै पक्षले हस्ताक्षरसहित दाबी प्रस्तुत गरेको हो भने कसको आधिकारिक हस्ताक्षर हो भनेर छुट्याउनुपर्छ,’ उनले भने, ‘तर, एक पक्षले हस्ताक्षरसहित अर्कोले सूची मात्रै दिएर दाबी प्रस्तुत गरेको भए हस्ताक्षरवाला दाबीले आधिकारिकता पाउँछ ।’

यस्तै संविधानविद् दीनमणी पोखरेलले अबको निर्णय राष्ट्रपति भण्डारीको विवकेमा भरपर्ने बताए । उनले दुवै प्रधानमन्त्रीका दाबेदाका अगाडि हस्ताक्षर जाँच गर्नुपर्ने बतए । ‘यो राष्ट्रपतिको विवेकमा भरपर्छ,’ उनले भने, ‘उहाँले कति विवेक प्रयोग गर्नुहुन्छ । अब दुवै प्रधानमन्त्रीका दाबेदारका अगाडि हस्ताक्षर जाँच गर्दा राम्रो हुन्छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि दिएको समयसीमा दुई वटा दाबी भएका छन् । विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेको छ भने ओलीले पनि प्रधानमन्त्रीका लागि दाबी पेश गरेको बताइएको छ । तर, ओलीले पेश गरेको दाबीमा भने सांसदहरुको हस्ताक्षर नरहेको बुझिएको छ ।