धेरै नअल्झाउनू होला : नेताहरू

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता, संविधानविद् र कानुनविद्हरुसँग परामर्श गरेर निष्कर्षमा पुग्ने दलहरुलाई बताएकी छन् । आफ्नो पक्षमा १४९ सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न दाबीसहित पुगेका नेताहरूसित राष्ट्रपति भण्डारीले भनिन्, ‘परामर्शपछि म एउटा निष्कर्षमा पुग्छु ।’
राष्ट्रपति भण्डारीले देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालसितको भेटका क्रममा साथै रहेकी नेपाली कांग्रेसक संसदीय दलकी सचेतक पुष्पा भुसालले राष्ट्रपति कार्यालयबाट बाहिर आएर नेताहरूलाई यस्तो जानकारी दिएकी हुन् ।
‘तपाईंहरूले हस्ताक्षरसहित पत्र ल्याउनुभएको रहेछ, योबारेमा म महान्यायाधिवक्ता, कानुनविद् र संविधानविद्हरुसँग परामर्श गर्छु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भुसालले भनिन्, ‘प्रधानमन्त्री ओलीले पनि आफ्नो दाबी बुझाउनु भएको छ । तपाईंहको हस्ताक्षरसहित रहेछ, उहाँ (ओली) को चाहिं दलहरुले निर्णय गरेर प्रस्ताव ल्याउनु भएको छ, यो विषयमा म परामर्श गरेर निष्कर्षमा पुग्छु ।’
राष्ट्रपति भण्डारीले यसो भनिसकेपछि देउवा, नेपाल र दाहालहरुले अब धेरै जटिलतामा प्रवेश गर्न जरुरी नभएको उल्लेख गर्दै हस्ताक्षरसहित संविधानतः आफूहरु आएको बताए । ‘यो दर्ता प्रक्रिया छिटो गरेर लैजानोस्, यसलाई धेरै अल्झाउने काम नगर्नु होला,’ नेताहरुले राष्ट्रपतिलाई आग्रह गरे ।
‘नेताहरुको आग्रहपछि राष्ट्रपति भण्डारीले म परामर्श गर्छु भन्नुभयो,’ भुसालले भनिन् । यता नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काका अनुसार हस्ताक्षर गर्ने सांसदहरुमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल समूहका २६ र राष्ट्रिय जनमोर्चाका एक गरी एक सय ४९ जना छन् ।

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_wHQQknJLkj_custs1pdbcdcdookwzxund1jbnkkpfgpgreonceakoxqzykpmqivjonf7nna.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

प्रतिक्रिया