सचिव मरासिनीले भने : रासायनिक मलको वितरणमा उद्योग मन्त्रालयको कुनै भूमिका छैन

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले रासायनिक मलको वितरणमा आपूर्ति मन्त्रालयको कुनै भूमिका नभएको बताएका छन् । सोमबार बसेको अर्थसमिति बैठकमा बोल्दै सचिव मरासिनीले यस्तो बताएका हुन् ।
उनले मन्त्रालय मातहतमा रहेको साल्ट ट्रेडिङले नेपालमा आयात हुने मध्ये ३० प्रतिशत आयात गर्ने नीति अनुसार मल आयात गर्ने गरेको जिकिर गरे । कृषि मन्त्रालयको समितिले नै कुन प्रदेशलाई कति मल पठाउने निर्णय गर्ने उनले बताए ।
सचिव मरासिनीले भारतबाट जिटुजीमार्फत पेट्रोलियम पदार्थ जस्तो रासायनिक मल खरिद गर्न सम्भव नभएको उल्लेख गरे । उनले भारतले पनि बाहिरबाट नै रासायनिक मल आयात गर्ने गरेको बताए । उनले मल कारखाना स्थापना गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयको नभएको बताए । उनले उद्योग मन्त्रालयले रासायनिकभन्दा पनि प्राङ्गारिक मलमा जोड दिने वा रैथाने बालीहरू कोदो, फापर, मकैमा जोड दिने नीति रहेको उल्लेख गरे ।
मरासिनीले भारतले चामल निकासीमा प्रतिबन्ध लगाएको बताए । भारतले चामल निकासीमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा मूल्य बढ्न सुरु भएको उनकाे भनाइ छ । उनले नेपालीहरूको खानपान बानी व्यवहारमा परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया