निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक भएनः सभामुख घिमिरे

काठमाडौँ - सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् ।
बुधवार सम्बन्धित सरोकारवालासँग निर्माणधीन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले आफूले केही महिना अघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भएपनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताए ।
सभामुख घिमिरेले अहिले निर्माणाधिन संसद भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको बताए । उनले निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको जिकिर गरे । अहिले सरकारले निर्माण भुक्तानी दिन गाह्रो भएको भन्दै उनले ठेकेदारहरुले नापेर निर्माणका काम गरिरहेको बताए । उनले निर्माणाधीन भवनका लागि भने भुक्तानी दिन कठिनाइ नरहेको बताए ।
उनले भने, यो भन्दा अगाडि त्यहाँ भ्रमण गर्दा ६३ प्रतिशत जति भौतिक संरचनाको प्रगति र ५६ प्रतिशत आर्थिक प्रगति भन्ने की खर्च भन्ने त्यो भएको थियो । अहिले मोटामोटी ६६ प्रतिशत भौतिक प्रगति र ६३ प्रतिशत जति आर्थिक प्रगति भन्ने पाइयो । हिजो पैसा खर्च गर्न नसकिएको र अहिले यही आर्थिक वर्षलाई लिँदा ९० प्रतिशत भौतिक प्रगति भएको र ८८ प्रतिशत आर्थिक प्रगति भएको भनेपछि पेमेण्ट बढ्दै गयो, तर भौतिक प्रगति कमजोर देखिएको छ । हिउँदे अधिवेशनको काम यहाँबाट हुन्छ जस्तो लागेन । कामको स्पिड धेरै गएको छैन । अहिले देखेको डरलाग्दो समस्या के हो भने सरकारले पेमेण्ट गर्न गाह्रो छ । त्यो देखेर ठेकेदार पनि काममा नापी नापी गरिरहेका छन् । तर यहाँ त्यो समस्या छैन ।’
सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद भवनबाट सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएपनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया