फेरि चुनाव गरेर समस्या समाधान हुँदैन, जनमत संग्रह गराै: चन्द

काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको सरकार चल्न नसक्नु र असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको जनाएको छ । प्रतिनिध सभा विघटनपछि पार्टीका महासचिव चन्दले एक विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन भन्ने पार्टीको निष्कर्ष सही साबित भएको बताएका छन् ।
आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान दिनुपर्ने चन्दको भनाइ छ । अब जनमतसङ्ग्रहका लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने आफूहरू संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट स्पष्ट पारेका छन् ।
'२०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैँन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही साबित भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'दुई तिहाइको मतसहित बनेको सरकार चल्न नसक्नु र मध्यावधि चुनावमा जानुपर्ने बाध्यता कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो ।'
उनले अब वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्ने समेत बताएका छन् । 'फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र सङ्कटमा धकेल्ने चाल मात्र हुन्छ,' विज्ञप्तिमा अगाडि भनिएको छ, 'यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ । त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसङ्ग्रहका लागि राजनीतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौं ।'

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_KVdcxDXlEV_40lrdip8qgeutvgsmfoo071ms4ptf09lgu3owbs0pgrq0l3okl6jjppbpvl7.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

प्रतिक्रिया