यस्तो बेला महाराज-महारानीलाई चुनाव चाहिएको छ: झाँक्री
काठमाडौँ : एमाले नेतृ रामकुमारी झाँक्रीले मुलुकमा एउटा नयाँ अध्यारो युगको सुरुवात भएको बताएकी छन् । आफूहरूले अन्तिमसम्म संसद् जोगाउन चाहे पनि खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही नलागेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रया दिँदै उनले लेखेकी छन्, 'एउटा अँध्यारो युगको सुरूवात! हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन।'
महामारीको यस्तो डरलाग्दो बेलामा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आइसीयू र भेन्टीलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाइरहदा महाराज महारानीलाई चुनाव चाहिएको भन्दै यसको हिसाबकिताब जनताले राख्ने उनको भनाइ छ । 'यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आइसीयू र भेन्टीलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ,' उनले भेनकी छन्, ' यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव? जनताले हिसाबकिताब त पक्कै राख्नेछन्।'
एउटा अँध्यारो युगको सुरूवात!
— Ram kumari Jhakri (@Jhakri_didi) May 22, 2021
हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन।
यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ।

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_KVdcxDXlEV_40lrdip8qgeutvgsmfoo071ms4ptf09lgu3owbs0pgrq0l3okl6jjppbpvl7.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

प्रतिक्रिया