जटिल समयका बावजुद घोषित मितिमा निर्वाचन हुनुपर्छ : ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जटिल समयका बावजुद घोषित मितिमा निर्वाचन गर्न आवश्यक तयारीमा जुट्न उनले निर्वाचन आयोगलाई आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित अन्य आयुक्तलाई बालुवाटारमा नै बोलाएर त्यस्तो आग्रह गरेका हुन् ।
मुलुुकलाई यतिबेला निर्वाचन नै आवश्यक देखिएको भन्दै आयोगले आफ्नो तयारी थाल्नुपर्ने धारणा ओलीले राखेको र मुलुक अब निर्वाचनमा गएको भन्दै सबै पक्ष उत्तिकै सक्रिय रहेर समयमा निर्वाचन गर्न पर्ने बताएका ओलीका सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओलीले मुलुक अब निवार्चनमा होमिएको पनि बताएका थिए ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधि सभा विघटन भएको हो । आगामी कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको मिति तोकिएकोले यसलाई त्यसमा अब दायाँबायाँ नभै फत्ते गर्न पर्ने जिम्मेवारी सरकारको रहेको उनले बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मिति तोकेलगत्तै प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियासहित आयुक्तहरूसँग बालुवाटारमा छलफल गर्दै निर्वाचनको अवस्था बारेमा जानकारी लिएका हुन । छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलसमेतको सहभागीता थियो ।

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_KVdcxDXlEV_40lrdip8qgeutvgsmfoo071ms4ptf09lgu3owbs0pgrq0l3okl6jjppbpvl7.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

प्रतिक्रिया