ओलीको आरोप : माधव नेपालहरू प्रतिक्रियावादी शक्तिको मतियार भएर कम्युनिस्टको विरुद्धमा लागे !

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरू प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिस्ट आन्दोलनको विरुद्धमा लागेको बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बुद्धिबहादुर रायमाझिद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई लक्षित गर्दै नेपालमा फिजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरुको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिस्ट आन्दोलनका विरुद्धमा लागको बताएका हुन् ।
उनले कम्युनिष्ट आन्दोलकाविरुद्ध इतिहासमा कहीँ नदेखिएको अनुशासनहिनता र अराजकता देखिएको बताए । उनले भने – ‘आजपनि हामी देख्न सक्छौँ, आन्दोलनकाविरुद्ध, इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, विभत्स, कुरुपताको हद पनि विभत्स, अनुशासनहिनताको, अराजकताको, र विपक्षीसँग मिलेर, विरोधीहरुसँग मिलेर, नेपालमा छरिएको, नेपालभरी फिजिँएको उज्यालोलाई निभाउने देशी, विदेशी जनविरोधी, प्रतिक्रियावादी शक्तिहरू जुन छन्, तिनीहरुको मतियार भएर, तिनीहरुको सेवक भएर निर्लज्जतापूर्वक अहिलेपनि आन्दोलनका विरुद्धमा लाग्ने तत्वहरु देखिएका छन् ।’
प्रधानमन्त्री ओलीले प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिकाबीच उचाईमा पुर्याइएको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाइएको आरोप पनि लगाउनुभयो । अदालतको फैसला अगावै पार्टी फुटाएर पार्टी फुटको दोष अदालतलाई लगाइएको उनले बताए । नेता पतित भएर बिकेपछि आन्दोलनलाई सिध्याउन उद्यत्त हुने पनि उनको भनाई छ । उनले भने – ‘आज इमान छोड्नु, अहंकारी हुनु, अहंकारका पछि कुद्नु, म भन्ने भावना, यस भावनाबाट आक्रान्त बिमारी हुनु यो कुराले आज नेपालको यति माथि पुर्याइएको, यस्तो प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिमा यतिमाथि पुर्याइएको आन्दोलन, लगभग दुई तिहाईको स्थितिमा पुर्याइएको, एकिकृत बनाइएको आन्दोलन त्यसलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ । त्यसलाई फुटाइयो ।’
प्रधानमन्त्री ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विगत १५ वर्षदेखि मानिसहरुलाई गम्भीर प्रकारका आरोपहरू लगाइरहेको पनि बताए । दाहालले असभ्यताको र संस्कारहिनताको पराकाष्ठा देखाएको उनको आरोप छ । उनले भने,‘अहिले पोलिटिकल्ली हेर्ने हो भने पुष्पकमल दाहालले मानिसहरुलाई बोलेका वचन, लगाएका आरोप, यी करिब करिब ६३ सालदेखि यि १५ वर्षका आरोप, गालि गलौजका भाषाहरू हेर्ने हो भने यति गम्भीर आरोपहरू लगाएको छ मान्छेहरुलाई असभ्यताको पराकाष्ठा देखिन्छ त्यहाँ । संस्कारहिनताको पराकाष्ठा देखिन्छ त्यहाँ । अब अहिलेको राजनीति त नेपाली कांग्रेसले पनि कसलाई गुरु मानेको हो, कसलाई गुरु थापेको हो मलाई अचम्म लाग्छ ।’

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_wHQQknJLkj_custs1pdbcdcdookwzxund1jbnkkpfgpgreonceakoxqzykpmqivjonf7nna.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

प्रतिक्रिया