स्वीसको स्वास्थ्य सामग्री मन्त्री त्रिपाठीलाई हस्तान्तरण

काठमाडौँ : मित्र मुलुक स्विजरल्याण्डले कोभिड-१९ विरुद्धको लडाईलाई सघाउन आवश्यकीय विविध स्वास्थ्य सामग्री र उपकरण उपलब्ध गराएको छ । सरकारले अन्तराष्ट्रिय समुदायसँग खोप र महामारीविरुद्ध लड्ने स्वास्थ्य सामग्री माग गर्दै आएकोमा स्वीसले सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
अमेरिकी र स्वीस सरकारले विशेष विमानबाट सामग्री काठमार्डौ उतारेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै स्वीस राजदूत एलिसावेथ भोन क्याप्लरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।
एघार लाख थान एन्टिजेन टेष्ट किट, १० थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान अक्सिजन नेजल क्यानुला, ४० वटा भेन्टिलेटर, एक लाख १० हजार वटा के एन ९५ मास्क, ५० हजार वटा पञ्जा, १५ हजार थान व्यक्तिगत सुरक्षा उपकरण, १२० वटा मास्क फर हमिल्टन टीआई, १४० थान सर्किट भल्भ फर हमिल्टन टीआई हस्तान्तरण गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्री त्रिपाठीले समयमै सहायता सामग्री उपलब्ध गराएकाले स्वीस सरकार र दूतावासलाई धन्यवाद दिए । काठमाडौँ मा रहेका स्वीस राजदूतले निर्वाह गरेको भूमिकाको उनले सराहना गरेका थिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया