अमेरिकाले उपलब्ध गरायो एक सय भेन्टिलेटरसँगै कोभिड परीक्षण उपकरण

काठमाडौँ : शक्ति मुलुक अमेरिकाले नेपाललाई कोभिड-१९ विरद्धको लडाइमा साथ दिन स्वास्थ्य सामग्री सहयोग गरेको छ । अन्तर्राष्टिय विकासका लागि अमेरिकी सहयोग निकाय (यूएसएआईडी) र यहाँस्थित अमेरिकी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
अमेरिकी सहायताको यो पहिलो खेप हो । अमेरिकाले नेपाललाई खोपसमेत सहयोग गर्ने तयारी रहेको अवस्थामा स्वास्थ्य सामग्रीको यो पहिलो खेप आएको हो । सहयोग थप दुई खेप नेपाल आउने जनाइएको छ । मालबाहक अमेरिकी विमानबाट सहायता नेपाल आइपुगेको हो ।
यो सहयोग यूएसएआईडीमार्फत यसअघि अमेरिकाबाट प्राप्त सहयोगको अतिरिक्त सहायता भएको पनि मन्त्रालयले जनाएको छ । प्राप्त सहायता सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा, १०० थान भेन्टिलेटर, कोरोना जीवाणु परीक्षण गर्ने उपकरण, एक हजार थान अक्सिजन सिलिण्डर, चिकित्सा अक्सिजन प्रयोगका निम्ति आवश्यक पर्ने अन्य वस्तु छन् ।
अमेरिकी सरकारले नेपाललाई अन्य सहयोग पनि उपलब्ध गराउँदै गएको छ । उसले खोप दिने मुलुकको सूचमिा नेपाल समेत पर्ने बताइएको छ । अमेरिकाले नेपालमा खोप दिनु पर्ने भन्दै दूतावासमा निवेदन हाले पनि त्यस प्रकारका नेपालीलाई अमेरिका तत्काल सहयोग अघि बढाएर जवाफ दिएको हो ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया