बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

देशभर ७ हजार ७३३ जना डेंगी संक्रमित, सातको मृत्यु

काठमाडौँ- देशभर डेंगीको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगी संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यस अवधिमा सात जना डेंगी संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ । 

यस वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।