प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौँ- प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी भोलि (बुधबार) १ बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा गृह मन्त्री नारायणकाजी श्रेष्ठको जवाफ चित्त बुझ्दो नभएको भन्दै नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि आजको बैठक स्थगित भएको हो । उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।
बैठकमा एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म विरोध जारी रहने बताए ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची थियो । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छाबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, सदन समक्ष पेस गर्ने कार्यसूची थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया