हटाइएका तीन विज्ञप्ति फेरि राखियो राष्ट्रपति कार्यालयको वेबसाइटमा
काठमाडौँ : राष्ट्रपति कार्यालयले हटाएका पछिल्ला तीन विज्ञप्ति फेरि कार्यालयको वेबसाइटमा राखेको छ । बिहान कार्यालयले वेबसाइटबाट प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा, प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी नपुगेको र नेपालको संविधानको धारा ७६ (५) अनुरुप सरकार गठनको आह्वान भएका विज्ञप्ति हटाइएको थियो । अहिले फेरि तीन वटै विज्ञप्ति कार्यालयको वेबसाइटमा देखिन्छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ५ जेठमा ७६(५)को सरकार बनाउन बहुमत पुग्ने आधारसहित दाबी पेस गर्न एक दिनको समय दिएर विज्ञप्ति जारी गरेकी थिइन् । भने शनिबार बिहानै एक बजे प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा, प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी नपुगेका विज्ञप्ति जारी गरेको थियो ।
विपक्षी दलहरू राष्ट्रपतिको निर्णय असंवैधानिक भन्दै आज सर्वोच्च अदालन जाने तयारीमा छन् ।
वेबसाइटबाट विज्ञप्ति हटाइएको बेला लिइएको स्कृन सर्ट

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया