स्वास्थ्य मन्त्री मोहन बस्नेतको सय दिनः सरकारी अस्पतालका सबै कर्मचारीलाई उपस्थित हुन निर्देशन
सेतो कोट दिवस मनाइने

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री मोहनबहादुर बस्नेतले पदभार सम्हालेको एक सय दिन पुगेको उपलक्ष्यमा हुने कार्यक्रममा काठमाडौँ उपत्यकाका सरकारी अस्पतालका सबै कर्मचारीलाई उपस्थित हुन निर्देशन दिएको छ । उनको कार्यक्रम राष्ट्रिय सभागृहमा आयोजना हुने भएको छ ।
शुक्रबार हुने उक्त कार्यक्रममा उपस्थित हुन उनले सरकारी अस्पतालका चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।स्वास्थ्य मन्त्रालयले सबै अस्पतालका प्रमुखलाई पत्र पठाएर उक्त कार्यक्रममा उपस्थितिका लागि पत्र पठाएको छ ।
सचिवस्तरीय निर्णयमा मन्त्रालयका सबै इकाइ, स्वास्थ्य सेवा विभाग, औषधी विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभाग, केन्द्रहरू र काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई पत्र पठाएर अनिवार्य उपस्थित हुन भनिएको छ ।
सोही दिनलाई सेतो कोट दिवसको रुपमा मनाइने पनि भएको छ । सबैलाई एप्रोन लगाएर आउन भनिएको छ ।
त्यसैगरी वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले अस्पतालका सबै विभाागका कर्मचारी, चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई सेतो एप्रोन लगाएर उपस्थिति हुन निर्देशन दिएका छन् ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया