प्युठानमा ढुंगाले च्यापेर एकै घरका तीन जनाको मृत्यु
बुटवल : प्यूठानमा घर बनाउन राखेको ढुंगा खसेर च्याप्दा एकै घरका तीन जनाको मृत्यु भएको छ। नौबहिनी गाउँपालिका १ स्यालीवाङका बोमबहादुर मल्लको परिवारका तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३८ बर्षिय बोम मल्ल, उनकी श्रीमती गमी मल्ल र साढे दुई वर्षका छोरा मेघराज मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।
सुतिरहेको बेला राति ढुंगा खसेर गएराती तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । चार जना छोरीहरुमध्ये जेठी छोरी मामाघर गएको र तीन छोरी अर्को कोठामा सुतेकाले दुर्घटनाबाट जोगिएका छन्। गाउँपालिकाले खरको छाना विस्थापित कार्यक्रम अन्तर्गत गरिब परिवारलाई दिएको जस्तापाताले छाउन गारो लगाउन ढुंगा राखिएको थियो।

रुपन्देहीमा चट्याङ लागेर यादवको मृत्यु

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

प्रतिक्रिया