बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

राष्ट्रपति र प्रधानमन्त्रीको अनुहारमा गोबर छ्यापेको आरोपमा नेविसंघका नेता पक्राउ

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर छ्याप्‍ने नेपाल विद्यार्थी संघका एक नेतालाई प्रहरीले पत्क्राउ गरेको छ । मध्यबानेश्‍वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए । 

त्रिपाठीलाई प्रहरीले  महानगरीय प्रहरी वृत्त, बानेश्‍वरको हिरासतमा राखेको छ । उनलाई रिहाइ गर्न नेविसंघले माग गरेको छ । 'मष्तिस्कमा गोबर भरिएका महामहिम जोडीलाई आज बनेश्‍वरमा गोबर उपहार दिने क्रममा पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग गर्दछु,' महामन्त्री भट्टराईले भने । 

राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएकाले आफूहरू सडक संघर्षमा आउन बाध्य भएको र सम्पूर्ण लोकतन्त्रवादी एक जुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण गर्न उनले आग्रह गरे ।