विघटन निरंकुश र अधिनायकवादी डकैती : पाँच विद्यार्थी संगठन

काठमाडौँ : विपक्षी राजनीतिक दलहरूसम्बद्ध विद्यार्थी संगठनहरूले प्रतिनिधि सभा विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती भएको बताएका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रंजित तामाङ, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सयुक्त विज्ञप्ति जारी गर्दै विघटनको विरोध गरेका हुन् ।
'सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसद्को दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती हो । संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट संसद विघटनको घोर निन्दा र भत्सर्ना गर्दछौं,' संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
संसद्को विघटनले संविधानमाथि प्रहार भएको र सरकार निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी बनेको आरोप विज्ञप्तिमा लगाइएको छ । संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिंदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसद् विघटनले वर्तमान सरकार असफल भइसकेको प्रमाणित भएको उनीहरूको भनाइ छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया