बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा

काठमाडौँ : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेपछि त्यसविरुद्धमा उत्रिन विपक्षीहरुले मोर्चाबन्दी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधवकुमार नेपाल समूह), जसपा (भट्टराई-यादव समूह), जनमोर्चाको गठबन्धन बनेको छ । 
प्रतिनिधि सभा विघटनविरुद्धमा मुद्दा दर्ता गर्न विपक्षी गठबन्धनका सांसदहरुले हस्ताक्षर गरिरहेका छन् । 

यता विपक्षी गठबन्धनका शीर्ष नेताबीच भने आगामी रणनीतिका विषयमा छलफल गर्न बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताबीच छलफल सुरु भएको हो । 

विपक्षी गठन्धनले प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भइरहेका बेला शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । ‘संसद् भवनमा नेताहरुबीच छलफल चलिरहेको छ,’ सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।