संसद्ले कानुनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे

धुलिखेल- सभामुख देवराज घिमिरेले कानुनले प्रतिबन्ध लगाएकोबाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताएका छन् ।
सङ्घीय संसद्द्वारा आज आयोजित ‘संसद्–सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामा उनले सूचनाको हक कति प्राप्त गर्ने भन्ने सीमालाई बुझ्न भने जरुरी रहेको धारणा राखे । सभामुख घिमिरेले भने, 'संसद् सकेसम्म धेरै सूचना दिन प्रतिबद्ध छ । सञ्चारको माध्यमबाट संसद्लाई कसरी प्रभावकारी बनाउन लैजान सकिन्छ भन्नेमा प्रयत्न भइरहेको छ ।'
सूचना लिने र दिने मात्र विषय नभई लोकतन्त्र र जनसरोकारको विषय भएको बताउँदै उनले कतिपय अवस्थामा परिस्थितिमा वस्तुगत परिस्थिति निर्धारण गर्ने बताए । संसद्लाई सबै खाले समस्या समाधान गर्ने थलो बनाउन आवश्यक रहेको बताउँदै उनले सत्तापक्ष र प्रतिपक्षलाई आआफ्नो अडानमा लचकता देखाई संसद् सञ्चालन गर्ने वातावरण बनाउन गम्भीर हुन सुझाव दिए ।
उपसभामुख इन्दिरा रानाले पत्रकारिता पेसाको मर्यादा र ओजलाई बुझेर मात्र काम गर्न सुझाव दिइन्। उनले भनिन्, 'पत्रकारिता चुनौतीपूर्ण पेसा भएकाले राज्यले नै सेवा, सुविधा र सूचना उपलब्ध गराउनुपर्छ, पार्टीको भरिया बनाउनुहुन्न ।'
महासचिव डा भरतराज गौतमले संसद् सचिवालयले सेवा प्रवाह र पत्रकारको भोगाइबीच तादात्म्यता मिलाउन आफूहरू प्रयत्नशील रहेको बताए ।
सचिवालयका सचिव डा रोजनाथ पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै समाचार सम्प्रेषणका लागि कागजात र समाचारको पहुँच सुनिश्चित गराउन सचिवालय र संसदीय दलको भूमिका महत्त्वपूर्ण हुने बताए । सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् र संसदीय समितिमा पत्रकारको पहुँचको स्थिति दक्षिण एसियामै नेपालमा सहज र नियमित रहेको बताए ।
संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले ‘संसदीय पत्रकारिता अभ्यास र अपेक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै मिडिया सेन्टरलाई व्यवस्थित र लबी रिर्पोटिङको व्यवस्थामा सचिवालयको विशेष ध्यानाकर्षण गराए । काठमाडौँ उपत्यकामा रहेका राष्ट्रिय सञ्चार माध्यममा रही संसदीय समाचार सङ्कलन र सम्प्रेषणमा कार्यरत ५० जना पत्रकारको अन्तर्क्रियामा सहभागिता रहेको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया