बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

ओलीले बोलाए स्थायी कमिटी बैठक : यी ११ नेतामाथि 'एक्‍सन' लिने तयारी

फाइल तस्बिर

काठमाडौँ : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन् । बालुवाटारमा आज दिउँसो ४ बजे स्थायी कमिटी बैठक बोलाएको एक नेताले जानकारी दिए ।

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोधेको स्पष्टिकरण बुझाउने समय आज बिहानबाट सकिएको छ । आजको बैठकले त्यसबारे थप निर्णय लिने तयारी रहेको एक नेताले बताए । त्‍यस्तै पार्टीको आन्तरिक विवादबारे छलफल हुने बताइएको छ ।