गाई काट्नेलाई कारवाही नगरे आन्दोलनको चेतावनी

जनकपुरधाम - गाई÷गोरुको हत्या गर्नेलाई कारबाहीको माग गर्दै जनकपुरधामका साधु सन्तहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार तुल्सी जन्मोत्सवको आयोजित कार्यक्रमपछि एक पत्रकार सम्मेलन आयोजना गरी जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले गाई÷गोरु काटेर मासु खानेलाई नेपाल सरकारले कानुन बमोजिम कडा कारबाही नगरे चुप नबस्ने भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
महन्थ दासले भने, 'नेपालमा गाईलाई माता सरह पूज्यनीय छन् । हामी साधुसन्त सहित हिन्दु समाजले गाई÷गोरुलाई माता मानेर पूजा गर्छौ । तर धरानमा केही व्यक्तिहरूले गाई/गोरुलाई काटेर सामूहिक भोज गरे । यसरी गाई÷गोरुलाई काटेर मासु खानेहरुलाई सरकारले कारबाही नगरे अब हामी साधुसन्त समाज र जनकपुरवासी चुप्प बस्नेवाला छैनौ । हामीहरू आन्दोलनमा उत्रनेछौँ र त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुनेछ ।'
‘नेपालको विभिन्न ठाउँमा हिन्दु धर्म प्रतिको ठाँडो हस्तक्षेप स्वरूप गाँईगोरुको हत्या भएको छ, त्यसका अपराधीहरूलाई कानुनी कारबाहीको लागि माग गर्दछु,’ उनले भने । हिन्दूसहित साधुसन्त समाजले केही गर्न सक्दैन भनेर नबुझ्न र नसोच्न पनि उनले चेतावनी दिए ।
केही दिनअघि धरानमा केही व्यक्तिहरूले गाई÷गोरु काटेर सामूहिक भोजकै आयोजना गरेका थिए । ती सामूहिक भोजको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया