इन्जिनियरिङ संस्थानको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिइयोस् : सांसद पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्जिनियरिङ संस्थानको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान यतिबेला आन्दोलित छ,’ उनले भने, ‘त्यहाँ झण्डै २ सय प्रतिशत शुल्क वृद्धि गरिएको छ । इन्जिनियरिङ शिक्षामा गुणस्तरियता कायम गरेको र सामान्य जनाताको पहुँच हुने स्थितिमा सञ्चालन हुँदै आइरहेको इन्जिनियरिङ संस्थानमा जुन ढंगबाट शुल्क वृद्धि गरिएको छ । त्यो अस्वाभाविक छ । तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरूको मागलाई पूरा गरियोस् ।’
उनले त्रिभुवन विश्वविद्यालयमा असाध्य भद्रगोल भएकाले यसका समस्या समाधान गर्न शिक्षा मन्त्रालय लाग्नुपर्ने समेत बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया