पाटनमा मनाइयो पञ्चदान पर्व

काठमाडौँ- ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ ।
बौद्ध धर्मावलम्बीले बज्राचार्य, चैलक तथा शाक्यहरूलाई धान, गहुँ, सानो केराउ, नुन, रोटी, पैसा, चामल आदि दान गरी ललितपुरमा बिहीबार पञ्चदान पर्व मनाएका हुन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्
विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा र दान दिएर पञ्चदान पर्व मनाइएको हो । नेपाल सम्बत ५१२ देखि मनाउन थालेको किम्वदन्ती रहेको पञ्चदान पर्वमा बौद्ध धर्मावलम्बीहरूले दिपंकरहरूलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया