मंगलबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभाको बिहीबारको बैठक आगामी मंगलबार बस्ने गरी स्थागित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक मंगलबार बस्ने जानकारी दिएका हुन् ।
अर्को बैठकमा प्रधानमन्त्रीसँग सवाल जवाफ कार्यक्रम रहेको समेत सभामुख घिमिरेले बताए ।
लामो समयदेखि अवरुद्ध संसद् सुन तस्करी प्रकरणमा आयोग बनाएर छानबिन गर्ने सहमति भएपछि बुधबारबाट सुरु भएको थियो । आजको बैठकमा शून्य समय र विशेष समयमा सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा संसदीय सभापतिको निर्वाचन भदौ ११ गते हुने पनि जानकारी गराएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया