बंगलादेशमा ४४५२८१ जनामा कोभिड-१९ संक्रमण

बंगलादेशमा शनिबारसम्म कोभिड-१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ पुगेको छ । त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार मुश्लिम बहुल यस मुलुकमा कोभिड-१९ बाट छ हजार ३५० भन्दा बढीको मृत्यु भएको छ ।
विगत २४ घण्टामा १२ हजार ६४३ व्यक्तिको शंकाका आधारमा कोभिड-१९ परीक्षण गरिएकोमा एक हजार ८४७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । शनिबार कोभिड–१९ सङ्क्रमित थप २८ जनाको मृत्यु भएको छ ।
बंगलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका एक हजार ९२१ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६० हजार ३५२ व्यक्ति निको भएका छन् । सरकारी तथ्यांक अनुसार बंगलादेशमा कोभिड-१९ सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको छ भने अहिलेसम्म ८०.९३ प्रतिशत विरामी निको भइ घर फर्किएका छन् ।
तथ्यांकमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा सङ्क्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो ।(रासस)

ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा'छन् विश्व

पाँच हजारभन्दा बढी अफगानी नागरिक स्वदेश फिर्ता

गाजा युद्धविरामका लागि हमासको टोली शनिबार इजिप्ट जाँदै

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु
तीव्र हावाहुरीले उत्तर चीन प्रभावित : सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
चीनको नयाँ उपलब्धि : विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

जब प्रेमीले सुटकेशभित्र हालेर ब्वाइज होस्टेलमा प्रेमिका ल्याए

प्रतिक्रिया