प्रधानमन्त्रीले मध्यरातमा प्रधान न्यायाधीशलाई निवास बोलाउनु शुभ संकेत होइन् : बाबुराम
'खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, नजीर बन्न सक्दैन'
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले खिलराज रेग्मी प्रकरण नियम/नजीर बन्न नसक्ने बताएका छन् । मंगलबार बिहान ट्वीट गर्दै भट्टराईले यस्तो उल्लेख गरेका हुन् ।
खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद भएकाले त्यो नियम/नजीर बन्न नसक्ने उल्लेख गरेका छन् । उनले प्रधान न्यायाधीशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन् ।
'प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभसंकेत हैनन्' भट्टराईले ट्वीट गरेका छन् 'खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम/नजीर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस् !'
प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने,विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रकालागि शुभसंकेत हैनन्! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,त्यो नियम/नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!
— Baburam Bhattarai (@brb1954) May 25, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया