जातीय राज्य स्थापित गराइ छाड्छु भन्ने प्रधानमन्त्रीको भनाइ असंवैधानिक छ : एमाले सांसद गिरी

काठमाडौँ–एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘म जातीय राज्य स्थापित गराइ छाड्छु’ भनेर दिएको अभिव्यक्ति असंवैधानिक भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् ।
‘पछिल्लो समय प्रधानमन्त्रीज्यूले जुन प्रकारले अभिव्यक्ति दिनुभएको छ, ‘म जातीय राज्यको पक्षमा छु । तपाईहरू जाग्नुहोस्, उठ्नोस्, तपाईहरुले मलाई बल दिनुहोस्, म मुलुकमा जातीय राज्य स्थापित गर्छु, हाम्रो पाटीलाई बहुमत दिनुहोस् म जसरी पनि जातीय राज्य स्थापित गराइ छाड्छु’ भन्ने अभिव्यक्ति दिँदै आउनुभएको छ,’ उनले भने, ‘यो भनाई असंवैधानिक त छँदै छ । सँगसँगै मुलुकमा मिलेर बसेका दाजुभाइलाई आपसमा झगडा गराउने, मुलुकमा हिंसा भड्काउने, देशमा अराजगताको स्थिति सिर्जना गराउने छ ।’
सांसद गिरीले मुलुकमा ठूला ठूला त्रासदीपूर्ण अवस्था सिर्जना गर्न स्वयम् प्रधानमन्त्रीले मलजल गरिररहेको दाबी गरेका छन् ।
प्रधानमन्त्रीको जिम्मेवारीमा बसेको मान्छेले यस्तो द्वेष फैलाउने अभिव्यक्ति स्वीकार्य नभएको उनले बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया