बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ

मकवानपुर- बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले बताए ।
प्रदेशको १३ वटै जिल्लाको स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा खेतीयोग्य जमिनको माटोको अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ । रासस

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया