आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

विश्वकप छनोटः नेपालविरुद्ध बहराइनले टस जित्यो

काठमाडौँ- मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपालले बहराइनविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

समूह ‘ए’ अन्तर्गत बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो ।

छनोटअन्तर्गत पहिलो खेलमा मलेसियालाई ५ रनले पराजित गरेको नेपाल लगातार दोस्रो जितको खोजिमा हुनेछ ।

यता पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको बहराइन पनि लगातार दोस्रो जित हात पार्न चाहन्छ ।