एमाले लुम्बिनीमा जुटेन सहमति, आज निर्वाचनबाट नेतृत्व चयन गरिँदै

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारका बीचमा आज मतदान हुँदैछ । सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेपछि उनीहरु बीच प्रतिस्पर्धा गराउनका लागि आज मतदान हुन लागेको हो ।
प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुवै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको एमाले लुम्बिनीले जनाएको छ ।
तर, दुवै जना कँडेल र रिजालले उम्मेदवारी दर्ता गरे पछि निर्वाचन गरिन लागएिको हो । दुवैजना उम्मेदवार मध्ये कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्।
उम्मेदवारी दर्ताको समय आज बिहान १० बजेसम्म रहेको छ। यस बीचमा सहमतिको प्रयास गरेर एकको उम्मेदवारी फिर्ता गराउने कोशिस भने जारी रहने जनाईएको छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया