अस्ट्रेलियाले गर्यो दक्षिण अफ्रिकाविरुद्धको सिरिज क्लिन स्विप
काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।
आइतबार राति भएको तेस्रो तथा अन्तिम खेल ५ विकेटले जित्दै अस्ट्रेलियाले ३ खेलको सिरिज क्लिन स्विप गरेको हो ।
अस्ट्रेलियाले अघिल्ला दुई खेल १ सय ११ रन तथा ८ विकेटले जितेको थियो ।
आइतबार राति १ सय ९१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
अस्ट्रेलियालाई जित दिलाउन ट्राभिस हेडले ९१ रन जोड्दा जोश इंग्लिसले ४२ रनको योगदान गरे ।
दक्षिण अफ्रिकाका लागि जेराल्ड कोएट्जी र बिजोर्न फोर्टुइनले समान २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९० रन जोड्यो ।
उसका लागि डोनोभान फेरेइराले ४८ रन तथा रिजा हेन्ड्रिक्सले ४२ र कप्तान आइडेन मारक्रामले ४१ रन जोडे ।
अस्ट्रेलियाका लागि सिन अबोटले सर्वाधिक ४ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया